बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन्।
मंगलबार सम्पन्न मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका निराजन कार्कीले १४९ मत पाए। उनी प्यानलैसहित विजयी भएका हुन्।
स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भइन्।
यसैगरी सदस्यहरूमा थानेश्वरप्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ मतसहित विजयी भए।
भने अनेरास्ववियुका एकजना सदस्य लवदेव भट्ट विजयी भएका छन्।