राजावादीविरुद्ध नेकपा एसले एक लाख जनता उतार्ने

Break n Links
Break n Links

नेकपा एकीकृत समाजवादीले राजावादीहरू विरुद्ध चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाखभन्दा बढी जनता उतार्ने दाबी गरेको छ।

सोमबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले जनता राजावादीहरूसँग नभइ गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणित गर्न विरोधसभा गर्न लागेको जानकारी दिए।

उनले भने, ‘चैत १५ गते नेकपा एसले एउटा जनप्रदर्शनको आयोजना गर्दैछ। त्यसलाई भव्य र सफल बनाउन समाजवादीको तर्फबाट अधिकतम प्रयास गर्ने विषयमा छलफल भयो। राजावादीहरूले गरेको गतिविधिहरूलाई खण्डन गर्ने र जनता गणतन्त्रवादीसँगै छन्, नाटकीय ढंगले प्रचार गर्दैमा जनता राजावादी हुँदैनन भन्ने देखाउनको लागि र जनताको आकांक्षा सडकमा प्रर्दशन गर्ने हाम्रो पहिलो प्रयास हो। लाखभन्दा माथि नै जानुपर्छ भन्ने तरिकाले कोशिस गर्नेछौं।’

उनले राजसंस्था आउने सम्भावना नरहेको भन्दै यसलाई चुनौतीको रुपमा भन्दा पनि जनता आफूहरूसँगै छन् भन्ने दाबीलाई देखाउने मात्र उद्देश्य रहेको बताए।

प्रकाशित मिति: : 2025-03-17 17:22:00

प्रतिकृया दिनुहोस्