राजा ल्याउने अभियानका नाइकेले छोडे राप्रपा

Break n Links
Break n Links

राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्वको जिम्मा पाएका नवराज सुवेदीले राप्रपा परित्याग गरेका छन्।

सोमबार काठमाडौंको डिल्लीबजारमा राजावादी मोर्चाको भेलापछि पत्रकार सम्मेलनमा बोल्दै ८६ वर्षीय सुवेदीले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। उनले अब राजावादी मोर्चाको सर्वस्वीकार्य नेतृत्व बन्नका लागि आफूले अब पार्टीगत राजनीति त्यागेको घोषणा गरेको बताए।

उनले भने, ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु।’

पूर्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्र सुवेदी राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षसमेत हुन्। पूर्वराजको आह्वानमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीको तयारी भएको थियो।

सुवेदीको नेतृत्वमा राजावादी आन्दोलनका लागि मोर्चा गठन भएपछि दुई राप्रपाका अध्यक्षहरूले असन्तुष्टि जनाएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका थिए।

सोमबार बोलाइएको राजावादी मोर्चाको बैठकमा दुवै राप्रपाका अध्यक्ष सहभागी नै भएनन्। यद्यपि अध्यक्षबाहेकका प्राय सबै नेताहरू मोर्चाको बैठकमा सहभागी थिए।

प्रकाशित मिति: : 2025-03-17 15:25:00

प्रतिकृया दिनुहोस्