बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अदालतको अवहेलनासम्बन्धि रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
मंगलबार न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बालेनको मुद्दाको पेसी तोकिएको छ।
बलिउड चलचित्र आदिपुरुषमा नेपालको जनकपुरकी सिता मातालाई भारतीय उल्लेख गरेपछि मेयर साहले आदिपुरुषलगायत हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।
महानगरको उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले सेन्सर बोर्डले स्वीकृत गरेका भारतीय चलचित्रलगायतका चलचित्र प्रदर्शनमा अवरोध नगर्न आदेश दिएपछि बालेनले अदालत र सरकार भारतको गुलाम भएको टिप्पणी गरेका थिए।
अदालतलाई नै भारतीय गुलाम भनेपछि ०८० असार ८ गते अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर गरेकी थिइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया