
बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अदालतको अवहेलनासम्बन्धि रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
मंगलबार न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बालेनको मुद्दाको पेसी तोकिएको छ।
बलिउड चलचित्र आदिपुरुषमा नेपालको जनकपुरकी सिता मातालाई भारतीय उल्लेख गरेपछि मेयर साहले आदिपुरुषलगायत हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।
महानगरको उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले सेन्सर बोर्डले स्वीकृत गरेका भारतीय चलचित्रलगायतका चलचित्र प्रदर्शनमा अवरोध नगर्न आदेश दिएपछि बालेनले अदालत र सरकार भारतको गुलाम भएको टिप्पणी गरेका थिए।
अदालतलाई नै भारतीय गुलाम भनेपछि ०८० असार ८ गते अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर गरेकी थिइन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया