बिहिबार, ०१ अक्टोबर २०२६

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै चर्चित गायक चन्द्र शर्मा

News Image
• • •

नेपाली गीतसंगीतको शीर्ष स्थानमा आउने एउटा स्थापित नाम हो- चन्द्र शर्मा। अझ खासगरी नेपाली लोक भाकामा धेरै गुन्जिएको एउटा स्वर पनि चन्द्र शर्मा।

कैयौं वर्ष गीतसंगीत क्षेत्रबाटै आफूलाई चिनाएका शर्माको परिचयमा अब अर्को एउटा पाना पनि थपिदैंछ, राजनीतिमार्फत।

भर्खरैमात्र नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका शर्माले अब पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। 

आफ्नो गृह जिल्ला दाङको क्षेत्र नं २ बाट सर्वाधिक मत लिएर निर्वाचित भएका शर्मा यसअघि लोक सांस्कृतिक महासंघको अध्यक्षसमेत भइसकेका छन्।

असो १८ गते उद्घाटन हुने नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा उनले पेशागत तथा विज्ञ समूहको कलस्टरबाट केन्द्रीय सदस्यका लागि चुनाव लड्नेछन्।

हजारौं नेपाली गीतहरूमा स्वरसँगै उनले संगीत पनि भरेका छन्। सँगसँगै नेपाली काँग्रेससँग निकट रहेर उनले पार्टी सम्बन्धित धेरै गीतहरूको लेखन र निर्माण गरेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!