प्रचण्ड भन्छन्, राजावादीको आन्दोलनमा बाह्य चलखेल पनि छ

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानुमा सरकार बेथिति र बिचलनका कारण अहिले राजावादीहरूको आन्दोलन बढ्दै गएको बताएका छन्। उनले त्यसमा देश बाहिर र भित्रका चलखेलहरू रहेको पनि बताए। 

‘देशभित्र र बाहिरका चलखेल मिसिएक छन्। यसखालका चलखेल आजमात्रै भएका होइनन्। यस्ता चलखेल हिँज पनि अस्ती पनि थिए’ उनले भने ‘तर पछिल्ला आठ महिना सरकारमा रहेकाहरूले शासकीय शैली र त्यसबाट उत्पन्न असन्तुष्टी नै त्यसको मूल कारण हो भन्नेमा अब शंका छैन। वर्षौंसम्म बन्द कोठामा रहेकाहरू आज सडकमा राजा मागिरहेका छन्।’ 

उनले सरकार अब जनतासामु जान डराइरहेको भन्दै त्यसको नैतिकता पनि गुमाइसकेको आरोप लगाए। 

‘सरकारले जनतासँग संवाद गर्ने समर्थ्य गुमाएको हो कि संवाद गर्नै नचाहेको हो? सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादीहरू जागेका छन्’ प्रचण्डले भने ‘सरकारको दुई तिहाइको घोडा सरकारका मन्त्री र प्रधानमन्त्रीले चलाएको देखेको छैन। त्यो त बिचौलियाहरूले चलाइहरेका छन्। सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्। बिचौलियाकै आँट र शक्तिले इमान्दार व्यवसायीलाई बिचरो बनाएको छ।’ 
 

प्रकाशित मिति: : 2025-03-11 14:12:00

प्रतिकृया दिनुहोस्