गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन्।
भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन्।
उनले चर्किएका र भत्किएका घर सरकारले निर्माण गर्ने बताए। गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुनर्स्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नुपर्ने बताए।
उनले विस्तृत परियोजना (डीडीए) छिटोछरितो गरिने बताए।
डीडीएको काम समयमा सम्पन्न गरी पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागि परेको बताए। भूकम्पले घर भत्किएपछि पुनर्निर्माण पूर्व गरिने डीडीएका लागि जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरिरहेको बताए। फिल्डमा खटिएका प्राविधिकको कमी भए सरकारले थप गर्ने बताए।
मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेको योजनाहरूका विषयमा प्रधानमन्त्री र मन्त्रिपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताए।
उनले भने, ‘पुनर्निर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाई सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ। भूकम्पपछि जति जनताले दुख पाउनु भयो अबका दिन पाउन नदिने गरी सरकार लागी परेको छ।’
भूकम्प जति बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारलाई विपद जोखिम न्यूनीकरण कोषलाई बलियो बनाउन उनले आग्रह गरे।
गतवर्ष कार्त्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनी, बाँकी समय अस्थायी टहरामा जिवन निर्बाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरी जाजरकोट र रुकुमपश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो।