सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजाले देश बचाउन नसक्ने बताएका छन्।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले यस्तो बताएका हुन्।
आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले देशको रक्षा कसरी गर्नसक्छ भन्दै उनले राजावादी दलहरूलाई प्रश्नसमेत गरेका थिए।
‘आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजाले कसरी देश बचाउँछ?,’ उनले भने, ‘राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन।’