बालेन साहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर प्राप्त उपलब्धीहरू जाेगाउन र देश बनाउनका लागि आह्वान गरेका छन्। 

महाेत्तरीकाे एकडारा गाउँपालिकाले गरेकाे स्वागत समाराेहमा बाेल्दै प्रचण्डले यस्ताे बताएका हुन्। 

‘हाम्राे कैयाै बलिदान अनि इतिहासबाट प्राप्त अधिकारहरू जाेगाउनका लागि सबै मिलेर अघि बढ्नुपर्छ। हामी सबै मिलेरमात्रै देश बनाउन सकिन्छ’ उनले भने। प्राप्त उपलब्धिहरू खाेस्नका लागि अहिले पनि प्रतिक्रियावादी लागिरहेकाे भन्दै उनले त्यसलाई परास्त गर्नका लागि सबै मिल्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’का क्रममा अहिले माओवादीकाे टाेली महाेत्तरीमा छ। 

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ। कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ।

उनले बालेन साहकाे पुर्ख्याैली घरमा आउँदा आफूलाई खुसी लागेकाे पनि बताए। 


 

प्रकाशित मिति: : 2025-03-06 11:21:00

प्रतिकृया दिनुहोस्