नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार रसलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे।
रससँग एक वर्षका लागि सम्झौता गरिएको एन्फाले जनाएको छ। सम्झौता पत्रमा एन्फाका तर्फबाट महासचिव किरण राई र रसले औपचारिक रुपमा हस्ताक्षर गरेका छन्।