लेनदेनको विवादमा बन्दुक चल्यो, एकजनाको मृत्यु

घरेलु बन्दुक प्रहार गर्दा बैतडीमा एकजना युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका-८ का सुरेन्द्र बिष्टलाई उनकै छिमेकी दाजु नाता पर्ने कर्णबहादुर बिष्टले घरमै रहेको बन्दुक प्रहार गरेका हुन्। 

गोली लागेर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल वैतडीमा मृत्यु भएको हो। 

उनीहरूबीच लेनदेनका विषयमा विवाद चलिरहेको थियो। शनिबार राति ८ बजेतिर विवाद चर्किएपछि कर्णले सुरेन्द्रलाई गोली हानेका थिए। 

गोली लागेर सुरेन्द्र घाइते भएपछि कर्ण भागेका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2025-03-02 10:07:00

प्रतिकृया दिनुहोस्