कुलमान घिसिङको पक्षमा माइतीघरमा ‘टुकी’ बालेर प्रदर्शन

Break n Links
Break n Links

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बिहीबार ‘नेपाली जनता’को व्यानरमा खबरदारी कार्यक्रम गरिएको हो। सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरू सडकमा आएका हुन्।

‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ।

सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति हटाउन नपाइने भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको दाबी गरे।

अर्का प्रदर्शनकारी प्रकाश कुवँरले कुलमानलाई हटाउदा सरकार नै हट्ने वातावरण बन्ने बताए।

प्रकाशित मिति: : 2025-02-27 19:30:00

प्रतिकृया दिनुहोस्