जाजरकोट भूकम्पको १६ महिनापछि क्षतिको आँकलन गर्दै सरकार

Break n Links
Break n Links

गृहमन्त्री रमेश लेखकले जाजरकोट, डोटी र बझाङमा गएको भूकम्पपछिको क्षति आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तिव्रता दिने बताएका छन्।

गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै उनले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले अब तिव्र रुपमा अघि बढाउने जानकारी दिए

उनले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुर्नस्थापनाको काम अगाडि बढाउछौं।’

उनले भुकम्प गएको लामो समय हुँदापनि पुर्ननिर्माण एवं पुर्नस्थापनाको काम अगाढी बढ्न नसकेको बताए ।

उनले ६ महिनामा विस्तृत क्षति आंकलन र निजी घरहरूको पुनर्निर्माण एवं पुनर्स्थापना गर्नका लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको बताए।

गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ।

उनले यो महिनाभित्र नै क्षतिको आंकलन, पुनर्निर्माण र पुनर्स्थापनाको लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थाई समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए।

प्रकाशित मिति: : 2025-02-27 17:55:00

प्रतिकृया दिनुहोस्