लेबनानमा नेपाली शान्ति सैनिक माथि आक्रमण भएको छ। नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयमाथि आक्रमण भएको हो।
रातको समयमा उत्तेजित भिडले उनको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत जनाएको छ।
सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ। ढकाल खतरामुक्त रहेको सेनाले जनाएको छ।