बालेनलाई महेश बस्नेतको प्रश्न- ‘भाइले कस्तो ब्यालेन्स सिटी बनाउन खोजेको?’

Break n Links
Break n Links

नेकपा एमालेका नेता महेश बस्नेतले टेकुको कवाडी गोदाम हटाउने काठमाडौं महानगरको कदमको विरोध जनाएका छन्।

आइतबार टेकुमा कवाडी गोदाम हटाउन पुगेको महानगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा दुई नगर प्रहरीसहित पाँचजना घाइते भएका थिए।

कवाडी गोदाम हटाउन डोजर लिएर पुगेको महानगर प्रहरीलाई कवाडी व्यवसायीहरूले अवरोध गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। महानगरको सोही कदमको एमाले नेता बस्नेतले विरोध गरेका हुन्।

सोमबार बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यवसायीहरू र गरिबहरूलाई विस्थापित गरेर नगर प्रहरीलाई अवान्छित ढंगले प्रयोग गरी गरिब र व्यवसायीमाथि बल प्रयोग गरी लखेट्न लगाएर बालेन भाइले कस्तो ब्यालेन्स सिटी बनाउन खोजेको? बुझीनसक्नु छ।’

प्रकाशित मिति: : 2025-02-10 13:25:00

प्रतिकृया दिनुहोस्