प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अख्तियारको कार्यक्रममा भएनन् सहभागी

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४‍औं स्थापना दिवस कार्यक्रममा सहभागी हुने तयारीमा रहेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उपस्थित हुन नसकेको अख्तियार स्रोतले बतायो।

आज बिहान पौने ९ बजे उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका थियो। तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपस्थित हुन नसकेका हुन्।

बालुवाटार स्रोतले भने बिरामीको अवस्थाबारे स्पष्ट जानकारी दिएन। राति अबेर सुतेकाले उनी कार्यक्रममा सहभागी हुन नसकेको र सरकारी निवासमै आराम गरिरहेको स्रोतले बतायो।

स्रोतले भन्यो, ‘त्यस्तो केही होइन, व्यस्तताको कारण बिहानको ४ बजेसम्म सुत्नुभएको थिएन। त्यसैले ढिला उठ्नु भएपछि कार्यक्रम छुटेको हो।’

प्रकाशित मिति: : 2025-02-10 12:09:00

प्रतिकृया दिनुहोस्