दमकल नछिर्ने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै काठमाडाैं महानगर

Break n Links
Break n Links

काठमाडौं महानगरपालिका-७ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ।

पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर धुब्रकुमार भुजेलले बताए।

उनले भने, ‘साँघुरा गल्लीहरूमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्तर्गतका बजेटहरूबाट फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको हो। विभिन्न वडाहरूमा जहाँ दमकल जान सक्दैन। आगलागी हुँदा आगो निभाउन पानीको अत्यन्त आवश्यक हुन्छ। पानी निकाल्न ड्राइ राइजरको सहायताले पानी छिराउने गर्छौँ।’

साथै उनले आगो  निभाउनका लागि धेरै गल्लीहरूमा ड्राइ राइजर राखिएको  बताए। उनले वडा नम्बर १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै  राखिएको भए पनि आज ७ नम्बर वडामा ड्राइ राइजर राखिएको बताए।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो। यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ।

दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित मिति: : 2025-01-13 11:02:00

प्रतिकृया दिनुहोस्