रवि लामिछानेकाे बयान न्यायाधीश अधिकारीको इजलासमा

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएकाे छ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा उनकाे बयान हुन लागेकाे हाे।

न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुनेछ। पूर्वगृहमन्त्रीसमेत रहेकाे उनी आइतबार बिहानै अदालतमा उपस्थित भइसेका छन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि उनी धरौटीमा रकम बुझाएर शुक्रबार काठमाडाैँ आएका हुन्। 

प्रकाशित मिति: : 2025-01-12 11:55:00

प्रतिकृया दिनुहोस्