रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदै

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदै छन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित हुन लागेका हुन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: : 2025-01-12 08:39:00

प्रतिकृया दिनुहोस्