पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा आज सरकारी वकिलको जवाफी बहस हुनेछ।
यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। सो मुद्दाका सवालमा वादी प्रतिवादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिलले बहस गरेपछि सम्भवतः आजै आदेश आउन सक्ने देखिएको हो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलकाे बहस हिजो साँझ सकिएको थियो।
आज सरकारी वकिलले जवाफी बहस गरेपछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।