ओलीको आरोप– भीम रावल झगडा गरेर, धम्काएर खान सिपालु मान्छे हुन्

Break n Links
Break n Links

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निस्कासित नेता भीम रावल लडेर, झगडा गरेर र धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन्। 

मंगलबारको केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूले लगाएको आरोपहरूबाट आफ्नाे बचाउ गर्दै यस्तो बताएका हुन्। 

बैठकमा केही–केहीले रावलको  पक्षमा आँशु बगाएको देखिएको भन्दै उनले रावललाई बचाउनुपर्ने कुनै कारण नभएको बताए। 

रावलले पार्टीमा निरन्तर असहयोग गरेको ओलीको भनाइ छ।

यो पनि– स्वास्थ्य बिग्रिएको मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन: केपी ओली

प्रकाशित मिति: : 2025-01-07 15:19:00

प्रतिकृया दिनुहोस्