बिएल संवाददाता
केन्द्रीय कमिटी बैठकमा एमालेका नेताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले भावुक जवाफ फर्काएका छन्। उनीमाथि प्रश्न उठाएका तथा उनकाे कार्यशैलीप्रति टिप्पणी गर्ने नेता तथा केन्द्रीय सदस्यहरूलाई जवाफ दिने क्रममा ओलीले आफ्नाे स्वास्थ्यस्थितिकाे प्रसंग उठाउँदै उनी भावुक देखिएका थिए।
ओलीले आफू प्रधानमन्त्रीका लागि मात्र प्रधानमन्त्री नबनेको भन्दै देश र जनतालाई समृद्ध बनाउने अभियानमा हिँडेको बताए। उनले प्रधानमन्त्री भएपछि नानाथरी आरोप आफूमाथि लगाइएकोसमेत बताए।
तर ती आरोपहरू सबै निराधार भएको उनको भनाइ छ। ‘ममाथि नानाथरी भ्रम फैलाउने काम गरिएकाे छ। ती सबै तथ्यहीन कुरा हुन्’, उनले गिरीबन्धु टी स्टेट, स्वीस बैंकमा पैसा लुकाएको भन्ने जस्ता विषयतर्फ इङ्गित गर्दै भने।
उनले सन्तान नै नभएको आफूलाई केकाे पैसा चाहिने भन्दै प्रश्न पनि गरे। स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। मलाई स्वीस बैंकमा पैसा लुकाएकाे छ भनियाे, बद्नाम गर्न खाेजियाे। सन्तान नै नभएकाेलाई पैसा धेरै किन चाहियाे?’ ओलीले भने।
अहिले ओलीले केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्।
ओलीमाथि भीम रावलल, विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई गरिएको कार्वाही र मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णय गलत भएको भन्दै केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया