बिएल संवाददाता
केन्द्रीय कमिटी बैठकमा एमालेका नेताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले भावुक जवाफ फर्काएका छन्। उनीमाथि प्रश्न उठाएका तथा उनकाे कार्यशैलीप्रति टिप्पणी गर्ने नेता तथा केन्द्रीय सदस्यहरूलाई जवाफ दिने क्रममा ओलीले आफ्नाे स्वास्थ्यस्थितिकाे प्रसंग उठाउँदै उनी भावुक देखिएका थिए।
ओलीले आफू प्रधानमन्त्रीका लागि मात्र प्रधानमन्त्री नबनेको भन्दै देश र जनतालाई समृद्ध बनाउने अभियानमा हिँडेको बताए। उनले प्रधानमन्त्री भएपछि नानाथरी आरोप आफूमाथि लगाइएकोसमेत बताए।
तर ती आरोपहरू सबै निराधार भएको उनको भनाइ छ। ‘ममाथि नानाथरी भ्रम फैलाउने काम गरिएकाे छ। ती सबै तथ्यहीन कुरा हुन्’, उनले गिरीबन्धु टी स्टेट, स्वीस बैंकमा पैसा लुकाएको भन्ने जस्ता विषयतर्फ इङ्गित गर्दै भने।
उनले सन्तान नै नभएको आफूलाई केकाे पैसा चाहिने भन्दै प्रश्न पनि गरे। स्वास्थ्य बिग्रिएकाे मान्छे म, कतिबेला पुक्लुक्क जान्छु थाहा छैन। मलाई स्वीस बैंकमा पैसा लुकाएकाे छ भनियाे, बद्नाम गर्न खाेजियाे। सन्तान नै नभएकाेलाई पैसा धेरै किन चाहियाे?’ ओलीले भने।
अहिले ओलीले केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्।
ओलीमाथि भीम रावलल, विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई गरिएको कार्वाही र मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णय गलत भएको भन्दै केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया