बिएल संवाददाता
दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितहरूलाई भेट्न इन्कार गरेका छन्।
कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा व्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम् हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन्।
महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ थापालाई नभेटी फकिएका हुन्।
सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन्।
यता, रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरुसँग कांग्रेस कास्कीको अगाडि सहकारी पीडितहरुको केहीबेर हात हालाहाल भएको थियो।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया