रास्वपाकाे कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिएकाे छ।

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेकाे हाे।

पार्टी सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएपछि कार्यवाहक सभापति ताेकिएकाे हाे।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएकाे छ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार रविको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्रसमेत पठाइसकेकाे छ। लगत्तै रास्वपाले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाे हाे।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2024-12-23 17:38:00

प्रतिकृया दिनुहोस्