राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले महंगा आयोजनाहरुमा विदेशी कम्पनीहरुले आएर लगानी गर्ने र स्वदेशी लगानीलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास भएकोे बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा भएको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा बोल्दै उनले विदेशी लगानीकर्ताको सवालमा नेपाल आउने, काम गर्ने तर २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न गरेको उदाहरणहरु रहेको बताए।
नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भएको भन्दै नेपालका उद्योगपति एवम व्यापारीहरु लगानीको अवसरबाट बन्चित हुने अवस्था आउने खालका विद्येयक ल्याउन नहुने धारणा राखे।
उनले भने,‘नेपालमा विद्युत थोरै भएतापनि निर्यात गर्ने ठाउँमा पुगेको छ । यस्तो बेला नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भयो भने नेपालका उद्योगपति व्यापारीहरु लगानीको अवसरबाट बन्चित हुने अवस्था विद्येयकबाट नहोस भन्ने धारणा हो। कतिपय आयोजनाहरु कस्ता छन् भने नेपालमा लगानी गराइदिने विदेशीहरु आउने काम गर्ने २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न भएको उदाहरणहरु छन्। मंहगा आयोजनाहरु त्यसमा पनि विदेशी कम्पनीहरुले आएर गर्ने स्वदेशीहरु निरुत्साहित हुने प्रवृत्तिको विकास भएको छ।’