बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको पार्टी सभापति रवि लामिछानेकाे तस्बिर आफूले खिचेको दाबी गरेका छन्।
बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले लामिछानेकाे तस्बिर आफ्नाे फेसबुकमा राखेपछि भाइरल भइरहेको छ।
उक्त तस्बिर भाइरल भएसँगै कास्की प्रहरीकाे आलाेचना भएकाे थियाे। त्यसपछि भुसालले रविकाे उक्त तस्बिर आफूले खिचेको र आफूबाट गल्ती भएकाे भन्दै माफी मागेका छन्।
साथै भुसालले उक्त तस्बिरबारे भ्रममा नपर्न अनुरोधसमेत गरेका छन्।
‘यो फोटो रियल हो मैले नै खिचेको हो गल्ती भको हो माफी चाहन्छु। मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन’, उनले भनेका छन्, योभ्रममा नपर्न अनुरोध। म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गको थिएँ।’
डा. भुसालले फेसबुकमा राखेका साे तसबिर पछि डिलिट गरेका थिए।
सहकोषाध्यक्ष बोहराले पनि प्रहरी हिरासतमा सिसी क्यामेराबाट खिचिएको फोटो रविकै रहेकाे बताएका छन्। उनले आफूले आज बिहान मात्रै रविलाई भेटेर फर्किएकाे बताएका छन्।
यता दीपक बोहराले बुधबार रविकाे उक्त तस्बिर फेसबुकमा राख्दै अन्याय गर्नुको पनि हद हुन्छ भन्दै लेखेका थिए।
‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियाे? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्ला’ , बोहराले लेखेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया