बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले कालिकोटको रास्कोट अस्पताल निर्माणमा हिनामिनाको सम्भावना नभएकाे दाबी गरेका छन्।
रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसनको विषयमा समाचार आएपछि बिहीबार सामाजिक सञ्जालमार्फत ढकालले रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएकाले यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना नरहेको बताएका हुन्।
‘रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशनको विषयमा आएको समाचारको विषयमा मेरो ध्यानाकर्षण भएको छ। रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशन दुइ वटा फरक संस्था हो। रास्कोट अस्पतालमा पैसा पुगेपछी टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन’, उनले भनेका छन्।
उनले रवि लामिछाने फाउन्डेशनको पैसाको हिनामिनाको शङ्का आफूलाई त्यतिबेला नै लागेको र आफूले तत्कालीन अध्यक्ष रविलाई हिनामिनाको विषयबारे लिखित जानकारी गराएको समेत दाबी गरेका छन्।
‘रवि लामिछाने फाउन्डेशनको पैसाको हिनामिनाको शङ्का मलाई त्यतिबेला नै लागेको थियो र मैले तत्कालिन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए’, उनले लेखेका छन्, ‘दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिए, र केहि चेकमा मेरो हस्ताक्षर पनि छन् र मैले काटेको चेक कुनै हिनामिनामा संल्गन छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु।’
ढकालले फाउन्डेशन र अस्पतालको विषयमा रवि लामिछाने, डिपि अर्याल, दिपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानविनका लागि आग्रह गरेका छन्।
साथै उनले आफू कुनै पनि प्रकारको अनुसन्धान र छानविनको लागि पूर्णरूपले तयार रहेका बताएका छन्।
मुकुल ढकालले यस्ताे लेखेका छन्:
रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशनको विषयमा आएको समाचारको विषयमा मेरो ध्यानाकर्षण भएको छ । रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशन दुइ वटा फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछी टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन । रवि लामिछाने फाउन्डेशनको पैसाको हिना मिनाको शङ्का मलाई त्यतिबेला नै लागेको थियो र मैले तत्कालिन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिए, र केहि चेकमा मेरो हस्ताक्षर पनि छन् र मैले काटेको चेक कुनै हिनामिनामा संल्गन छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु ।
नेपाल सरकार र सम्बद्ध निकायलाई फाउन्डेशन र अस्पतालको विषयमा रवि लामिछाने, डिपि अर्याल, दिपक बोहोरा, निकिता पौडेल र म मुकुल ढकाल माथि छानविनका लागी आग्रह गर्दछु । म कुनै पनि प्रकारको अनुसन्धान र छानविनको लागी पूर्णरूपले तयार छु र हुलहुज्जत बिना कानुनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया