बिएल संवाददाता
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेकाे आरोपमा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौँ जिल्ला अदालतले दीपेश पत्नी सविना आले मगरलाई पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएकाे छ।
माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव पुनकी पत्नी सविना स्वर्णलक्ष्मीमा लेखा समिति सदस्यको रूपमा आवद्ध छिन्। उनी विगत तीन महिनादेखि फरार रहेकाे बताइएकाे छ।
स्वर्णलक्ष्मीकै रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया