वाइडबडी खरिदमा भ्रष्टाचार भएकाे ठहर, चार जनालाई कैद सजाय ताेकियाे

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल वायुसेवा निगमका दुईवटा वाइटबडी जहाज खरिदमा भ्रष्टाचार भएकाे ठहर गर्दै विशेष अदालतले चार जनालाई दाेषी ठहर गरेकाे छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो।

अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​, शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हाे।

उनीहरुले १ अर्ब ४७ कराेड भ्रष्टाचार गरेकाे उल्लेख गरिएकाे छ। उक्त रकम दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा उल्लेख गरिएको छ।

अदालतले दाेषी ठहर भएका कंसाकारलाई २ वर्ष ६ महिना, अधिकारीलाई १ वर्ष ९ महिना, ढुङ्गाना र लामिछानेलाई १ वर्ष ६ महिना कैद सजाय सुनाएकाे छ।

प्रकाशित मिति: : 2024-12-05 23:05:00

प्रतिकृया दिनुहोस्