नेकपा (एमाले)ले काठमाडाैँ महानगरपालिकाले गरेकाे जरिवाना नतिर्ने घाेषणा गरेकाे छ।
एमालेले शुक्रबार काठमाडाैँकाे दरबारमार्गमा जागरणसभा गरेकाे थियाे। साे सभापछि दरबारमार्गका सडक र सडकपेटीमा फाेहाेर गरेकाे भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेकाे थियाे।
सभा सकिएपछि सरसफाइ गर्दैगर्दा काठमाडाैँका मेयर बालेन्द्र साहले प्रतिशाेध साँधेर जरिवाना गरेकाेले साे जरिवाना नतिर्ने एमालेले बताएकाे। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले महानगरकाे पत्र प्राप्त नभएकाे र जरिवाना रकम पनि नबुझाउने बताए।
महानगरले भने पत्र पुर्याएकाे र जरिवाना पनि लिएरै छाड्ने बताएकाे छ।
महानगरले ‘फाेहाेर मैला व्यवस्थापन ऐन २०६८ र काठमडाैँ महानगरपालिकाकाे आर्थिक ऐन २०८१’ बमाेजिम एक लाख रुपैयाँ जरिवाना गरेकाे छ।