रवि र छविसहित चितवनमा १० जनाविरूद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी भएकाे छ। 

शुक्रबार जिल्ला अदालत चितवनले सहकारीकाे रकम ठगी गरेको आरोपमा पुर्जी जारी गरेकाे हाे। 

रवि र छविमाथि चितवनको साहारा सहकारीकाे रकम गोर्खा मिडियामा लिएर अपचलन गरेकाे आराेप छ। 

उनीहरूविरुद्ध प्रहरीमा सहकारी पीडितले जाहेरी दिएका थिए।

प्रकाशित मिति: : 2024-11-22 18:04:00

प्रतिकृया दिनुहोस्