आइतबार, २१ डिसेम्बर २०२५

रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी

Break n Links
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ।

चितवन साहारा बहुउद्धेश्यीय सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसहित १० जनाविरुद्ध बचतर्कताहरूले जाहेरी दिएका हुन्।

साहारा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको दाबी छ।

सुप्रिम, सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन गरेको आराेपमा पक्राउ परेका लामिछाने र जोशी हाल प्रहरी हिरासतमा छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!