एमालेलाई कसैले हल्लाउन सक्दैन: ओली (भिडियो)

Break n Links
Break n Links

प्रधामन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र काँग्रेस मिलेर बनेको गठबन्धन आगामी निर्वाचनसम्म जानेमा ढुक्क हुन आग्रह गरेका छन्।

नेकपा एमालेको काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीहरुको आयोजनामा दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘तपाईंहरुले सुनेका हल्ला अनुसार आज मंसिर ७ गते एमाले सरकारमा पनि छ, एमाले सरकारमा भएर पनि सभा गरिरहेको छ। यो तपाईंहरुलाई अलिक अगाडिसम्म के हो कसो हो भन्ने पनि परेको हुन सक्दो हो’, प्रधानमन्त्री ओलीले भने, ‘किनभने सरकार बन्दै बन्दैन, बन्यो, विश्वासको मत पाउँदै पाउँदैन त्यो पनि पायो, यो महिना कट्दैन त्यो पनि कट्यो। दसैँ देख्दैन देख्ने मात्रै होइन मनायो, तिहार देख्दैन त्यो पनि देख्यो, कात्तिक देख्दैन त्यो पनि देख्यो मंसिर कट्दैन त्यो पनि कट्यो। अब भाका राख्दै छन् फेब्रुअरीको, त्यो भनेको फागुन हो, तर फागुनको कुरा होइन ०८४ सालको मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ।’

ओलीले आफू २०८३ साल असारसम्म प्रधानमन्त्री बन्ने र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्र बन्ने उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरे। उनले अहिले आवश्यकता दुई पार्टीबीचको एकता बताएको उल्लेख गरे।

अहिलेको सरकार र एमाले पार्टीबारे भ्रम छरिएको उल्लेख गर्दै उनले एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी गरे।

प्रकाशित मिति: : 2024-11-22 15:07:00

प्रतिकृया दिनुहोस्