‘सती विहुलाधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ’

Break n Links
Break n Links

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सर्लाही जिल्लाको संग्रामपुरस्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको पूर्ण उत्खनन, संरक्षण तथा पुनर्निर्माण सहितको पर्यटकीय पुर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्।

आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ अभियानको क्रममा संग्रामपुर पुगेका अध्यक्ष साहले सती बिहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्दै सो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए।

संग्रामपुरस्थित सती विहुलाको गौरवगाथा बोकेको सो ऐतिहासिक, धार्मिकस्थल देशको एक प्रमुख पर्यटकीय गन्तव्य हुनुपर्ने भए पनि राज्यको उदाशिनता एवं विभेदले इतिहासको जिउँदो तथ्य पनि आज ओझेलमा परेको आजपा अध्यक्ष साहले जनाएका छन्।

‘भ्रष्टाचारविरुद्ध मधेश यात्राको क्रममा सर्लाही जिल्लाको संग्रामपुरस्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्ने सु–अवसर प्राप्त भयो’, आजपा अध्यक्ष साहले भने, ‘संग्रामपुरस्थित सती विहुलाको गौरवगाथा बोकेको यो ऐतिहासिक धार्मिकस्थल देशको एक प्रमुख पर्यटकीय गन्तव्यहुनुपर्ने भए पनि राज्यको उदाशिनता एवं विभेदले इतिहासको जिउँदो तथ्य पनि आज ओझेलमा परेको छ।’

सरकारले मधेसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको बताउँदै उनले यी र यस्ता क्षेत्रका ओझेलमा परेको बताए। सरकारले प्रयाप्त बजेट विनियोजन गरी यस्ता क्षेत्रको विकासका साथै संरक्षण गर्नुपर्ने आवश्यक रहेको उनले बताए।

प्रकाशित मिति: : 2024-11-22 10:55:00

प्रतिकृया दिनुहोस्