सरकारले ‘ग्रेटर नेपाल’का अभियान्ता भनेर चिनिने फणिन्द्र नेपाललाई पक्राउ गरेकाे छ।
उनलाई बिहीबार काठमाडौँ प्रहरी परिसरबाट खटिएकाे टोलीले शान्तिनगरबाट पक्राउ गरेकाे हाे।
शान्ति सुरक्षामा खलल पुर्याउने देखिएपछि उनलाई पक्राउ गरिएकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ। उनलाई केही दिनपछि छाडिने जनाइएकाे छ।
यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन्। भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रहेकाे समयमा शान्ति सुरक्षामा खलल पुर्याउने देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे।
भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा उनले विरोध जनाउने गरेका छन्। यस पटक पनि विरोध गर्ने सम्भावना देखिएपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले बताएकाे छ।