नेकपाले पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते दिपावली र ८ गते जनसभा गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते दिपावली र ८ गते भृकुटीमण्डपमा जनसभा आयोजना गर्ने भएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले पार्टी पुनर्गठनको ११औं दिवसको अवसरमा मङ्सिर ७ गते बेलुका ५ः३० बजे पार्टी सम्बद्ध संगठनका निकायदेखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने र ८ गते काठमाडौंको भृकुटीमण्डपमा जनसभा कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो।

नेकपाकाअनुसार उक्त कार्यक्रमलाई महासचिव विप्लव सीले सम्बोधन गर्ने छन्।

विचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउन मङ्सिर ८ गते काठमाडौंको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गर्न लागेको नेकपाले जनाएको छ।

कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रम अघि सुन्धाराबाट बिहान ११ः ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जुलुस प्रदर्शनसमेत गरिने छ। 

प्रकाशित मिति: : 2024-11-20 21:12:00

प्रतिकृया दिनुहोस्