जिसस कैलालीको प्रमुखमा भुल निर्विरोध निर्वाचित

Break n Links
Break n Links

जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टीका कुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन्।

नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौरा थारुले जिससको प्रमुखका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि भुल निर्विराेध प्रमुखमा निर्वाचित भएकी हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीकाअनुसार प्रमुखका लागि २ जनाकाे मात्र उम्मेदवारी परेको थियाे।

थारुले फिर्ता लिएसँगै भुल निर्वाचित भएको र उनलाई मंसिर १६ गते हुने उपनिर्वाचनपछि मात्र प्रमाणपत्र उपलब्ध गराइने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी गराएको छ। 

भुल नेकपा एमाले र काँग्रेसको गठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिएकी थिइन्। 

तत्कालीन जिसस प्रमुख पदम बहादुर कलेलको निधन भएपछि कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन भएको हाे।

प्रकाशित मिति: : 2024-11-20 14:56:00

प्रतिकृया दिनुहोस्