रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा पुथा उत्तरगंगामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जसमा नेकपा एसबाट उम्मेदवार बनेकी सुनिता बुढा मगरले उम्मेदवारी फिर्ता लिँदै माओवादीबाट उम्मेदवार बनेकी नरपुरा बुढा मगर पुनलाई सघाउने भएकी छिन्।
नेकपा माओवादी र नेकपा एसबीच भएको ५ बुँदे सहमतिअनुसार उम्मेदवारी फिर्ता लिएकाे दुई दलले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।
उपाध्यक्षका लागि पुथा उत्तरगंगामा एमाले–काँग्रेस गठबन्धनबाट केशकुमारी तुलाचनले उम्मेदवारी दिएकी छिन्।
विज्ञप्ति–