आविष्कार केन्द्रद्वारा हवाईजहाज उड्ने बाटोको लाइभ भिडियो हेर्न सकिने क्यामरा जडान

Break n Links
Break n Links

राष्ट्रिय आविष्कार केन्द्रले दुर्गम क्षेत्रमा हवाईजहाज उड्ने बाटोको लाइभ भिडियो हेर्न सकिने क्यामरा जडान गरेकाे छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा दैलेख, कालिकोट, जुम्ला, मुस्ताङ, म्यादी, सोलुखुम्बु जिल्लाको विभिन्न दुर्गम ठाउँको हवाईजहाज उड्ने बाटोमा क्यामरा राखेर बाटोको लाइभ भिडियो हेर्न सकिने बनाइएको आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए।

पुनका अनुसार उक्त क्यामरा सञ्चालनमा आइसकेकाे छ। यस्तो सिस्टम राख्न आविष्कार केन्द्रका इन्जिनियरहरुले अनुसन्धान गरेकाे उनले बताए। 

पुनका अनुसार नेपालगञ्जबाट रारा, जुम्ला, बाजुरा, डोल्पा, रुकुम, साँफेबगर जाने हवाईजहाजहरु, पोखराबाट जोमसोम जाने हवाईजहाजहरु र काठमाडाैँ र मन्थलीबाट लुक्ला जाने हवाईजहाजका पाइलटहरु र कन्ट्रोल टावरहरुले त्यो लाइभ भिडियो हेरेर हवाईजहाज उडाउने वा नउडाउने निर्णय लिनेछन्।

महावीरले यस्तो काम गरेर आविष्कार केन्द्रले केही पनि पैसा नकमाएको, बरू निकै घाटा बेहोरेको दाबी गरेका छन्।

नागरिक उड्ययन प्राधिकरणले अनेकौँ प्रक्रिया पूरा गरेर केही आर्थिक सहयोग गरेको समेत उनले बताएका छन्।

पुनले आविष्कार केन्द्रका इन्जिनियरहरुले गत दुई वर्षदेखि सयौँ घण्टा खर्च गरेर र डाँडाकाँडा दौडधुप गरेर सिस्टम चलाइरहेकाे दाबी गरे। 

प्रकाशित मिति: : 2024-11-19 13:32:00

प्रतिकृया दिनुहोस्