रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनकाे आरोपमा आइतबार काठमाडौँ जिल्ला अदालतले लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेकाे याे सहकारीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ। याे सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। 

प्रकाशित मिति: : 2024-11-17 17:44:00

प्रतिकृया दिनुहोस्