स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिंगी दीपक महर्जन (हनि) ले उम्मेदवारी दर्ता गराएका छन्।
महर्जनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकाे तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरी कीर्तिपुर– ४ को वडाध्यक्षमा जसपा नेपालबाटै तेस्रो लिङ्गी राजीव महर्जन (मौनी)को उम्मेदवारी भएकाे छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडाध्यक्ष पदमा उम्मेदवार बनेका हुन्।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि सुरू भएको मनोनयन दर्ता बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।