रवि लामिछानेकाे समाचार संकलनमा रोक, पत्रकारमाथि प्रहरीले गर्‍यो दुर्व्यहार

Break n Links
Break n Links

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग सम्बन्धित रहेर समाचार संकलन गर्न रोक लगाएको छ। सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडी समाचार संकलन गर्न रोकियाे। 

रुपन्देहीबाट कास्कीको हिरासतमा लग्न लागिएका लामिछानेको समाचार संकलन र फोटो, भिडियाे संकलन गर्न गएका पत्रकारमाथि कास्की प्रहरीले दुर्व्यबहारसमेत गरेको छ। कास्की प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) बसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकारमाथि दुर्ब्यबहार गरेको हाे।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्‍याएपछि त्यहाँ शान्तिपूर्णरुपमा जम्मा भएका रास्वपाका नेता–कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गर्न खोजेपछि पत्रकारहरू फोटो तथा भिडियो खिच्ने पुगेका थिए। 

सोही फोटो, भिडियाे खिच्ने क्रममा राेक लगाउँदै पत्रकारहरुमाथि प्रहरी जाइलागेको थियो। त्यही क्रममा कास्की प्रहरीका एक जना प्रहरी निरीक्षकले पत्रकार सन्देश बरालको क्यामरा खोस्न थालेपछि पत्रकाररूले त्यसको प्रतिकार गरेका थिए। 

भिडियाे–

प्रकाशित मिति: : 2024-11-15 18:28:00

प्रतिकृया दिनुहोस्