राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट कास्कीकाे पोखरा लगिएको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई रुपन्देहीमा बयान सकेर पोखरा लगिएको हो।
उनलाई यति एयरको विमानमार्फत साढे एक बजे पोखरा लगिएको प्रहरीले जनाएको छ।
लामिछानेलाई आजै बिहान बुद्ध यएरको विमानबाट पोखरा लगिने तयारी भए पनि विमानस्थल नखुलेका कारण राेकिएका थिए। विमानस्थल खुल्नेसँगै उनलाई यति यएरमार्फत पोखरा लगिएको हाे।
कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीकाे हिरासतमा राखिएका रविलाई मंगलबार हवाई जहाजमार्फत भैरहवा हुँदै रुपन्देही लगिएकाे थियाे।