बिएल संवाददाता
दुर्घटना गराएर फरार भएका झाँक्री भनेर चिनिने प्रकाश भुजेल पक्राउ परेका छन्।
बुधबार साँझ उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो। झाँक्रीले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश ०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बुधबार दिउँसो बाइकलाई ठक्कर दिएर उनी फरार भएका थिए। गाडीको ठक्करबाट मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीको उपचारको क्रममा मृत्यु भएको छ।
मोटरसाइलको पछाडि बसेकी उनकी श्रमती किसानुमाया नगरकोटी भने घाइते छिन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
झाँक्रीले चलाएको कार मोटरसाइकललाई ठक्कर दिएर घरको सटरमासमेत ठोकिएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया