बिएल संवाददाता
सहकारीको रकम अपचलन गरेको अरोपमा मुछिएका सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बयान लिएको छ।
मितेरी सहकारीको रकम अपचलनमा मुछिएका उनलाई प्रहरीले बुधबार करिब ६ घण्टा बयान लिएको हो। उनको पूर्व श्रीमती सहकारीको रकम अनियमिततामा संलग्न रहेको खुलेपछि फरार छिन्।
श्रीमतीसँगै उपसभापति गुरुङको नाम पनि जोडिएपछि उनीमाथि अनुसन्धान गर्नुपर्ने दबाबमा प्रहरी थियो। यद्यपि प्रहरीले उनीमाथि अनुसन्धान गर्न सकेको थिएन। चौतर्फी दबाबपछि प्रहरीले गुरुङमाथि बुधबार बयान लिएको छ।
बयानपछि उनलाई कागज गरेर खोजेको बेलामा उपस्थित हुने सर्तमा छाडिएको प्रहरी स्रोतले बतायो। गुरुङको श्रीमती ज्योति गुरुङमाथि मितेरीको महाप्रबन्धक हुँदा बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया