बिएल संवाददाता
नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीको आरोपमा उजुरी परेकाे छ।
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ।
मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन्।
धनराज र ज्योति श्रीमान-श्रीमती हुन्। उनीहरुमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ।
धनराज र ज्योतिले केही समयअघि सम्बन्धविच्छेद गरेका छन् भने यही विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ। ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया