रास्वपाको पत्रकार सम्मेलन स्थगित

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणाको मिति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ।

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारणबस स्थगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापतिसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ।

यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो।

उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वपाको ठम्याइ छ।

प्रकाशित मिति: : 2024-11-13 12:23:00

प्रतिकृया दिनुहोस्