बिएल संवाददाता
गण्डकी प्रदेशका निलम्बित सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्। उनलाई काठमाडाैँको सानाे भर्याङबाट प्रहरीकाे विशेष ब्यूराेले पक्राउ गरेकाे प्रहरी उच्च स्राेतले जनाएकाे छ।
मनाङेलाई कार्तिक २० गते सर्वाेच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएकाे थियाे। त्यसपछि उनी फरार भएका थिए। फरार रहेका पूर्वमन्त्रीसमेत रहेका मनाङेले सर्वोच्चको पूर्ण फैसला आएपछि आफै अदालतमा उपस्थित हुने बताएका थिए।
तर अदालतको पूर्ण फैसला नआउँदै प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हाे। मनाङेमाथि २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेकाे आराेपमा अदालतले ५ वर्ष कैद सुनाएकाे हाे।
२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेश सभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए र पटक–पटक मन्त्री भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया