बिएल संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपसभापतिहरू डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले भेट गरेका छन्।
सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई सामबार दुई उपसभापतिले भेट गरेका हुन्।
भेटका क्रममा सभापति लामिछानेले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए।
‘हामीले बाहिर बसेर पनि गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो। त्यस कारण तपाईंहरू यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, सक्नुभएकाे छ कि छैन त्याे चाहिँ बुझाउनुस् है। कतै नागरिकहरूलाई बुझाउनुपर्ने छ भने पनि त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन भन्ने कुरा उहाँ (रवि लामिछाने)काे स्पष्ट छ’, उनले भने।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया