माओवादीको पदाधिकारी बैठक बस्दै, यस्ताे छ एजेण्डा

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएकाे छ।

बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ।

बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

यस्तै आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: : 2024-11-10 11:20:00

प्रतिकृया दिनुहोस्